|

वास्तविक कथा सिपालु कालिगढ खर्कासिङ् क्रोम्छे तमु ताङतिङ


दिलीप गुरुङ ,ताँङतिङ गाउँ  गैरिथर
नमर्जुंग ग.बि.स. कास्की
हाल मलेसिया


कास्की जिल्ला नामार्जुङ  गा. बी. सा. वडा नॉ : २  पर्यटकिय गाउँ ताङतिङ मा जीवन कथा त यहाँ कयौ छन् …।

एक  सेताम्मे केश चाउरी परेको गाला र लठ्ठीको सहारा मा हिड्ने यी यी  ८३ बर्सिय   बृद्धा लाई ताँङतिङ गाउँले ले गुरुंग भाषामा सिपालु बाजे अर्थात बाजे कालिगढ को उप नाम ले चिन्ने गर्दै छन. |  करीब १५  बर्षा को युवा उमेर देखिनै झ्याल ढोका था घरमा आकर्षक कलाकृति बनाउदै आउनु भएका खडका गुरुंग को अझै पनि त्यो युवा जोस मरेको छैन. झन्डै २५०  घर धुरी रहेको ताङतिङ गाउँमा अधिकांस घर को कलाकृति यिनै बृद्धा कलाकार ले कूदेका हुन. सुरुमा रु ५ मा काम थालेका कालिगढ ले अहिले रु ५००  पारिश्रमिक लिएर काम गरिरहेका छन
आकर्षक   देखिने गाउँको घर को कला कृति देखेर गाउँमा आउने स्वादेशी तथा पर्यटक ले समेत उहाँ को प्रसंसा गर्ने गर्दछन. इज्जतको मान हुने ठाउमा झुके असल एक सिपालु कालिगढ (सिकर्मी) आफ्नै दुःखा सुखाका कथा संगै जिउने कयौ सम्बन्धलाई ताँङतिङ गाउँबासी उहालाई सधै सलाम गरी रहनेछ.

ताँङतिङ गाउँको घर धुरीहरु आफ्नै उत्प्रेरणामा बिना लिखित इंजिनियर मा परेकालु आफ्नै हातकेलाका नाँङग्रहरु खीइने गरि दिन-रात नभनी खटिएर निर्माण गरेको हामी पाउछौ प्राय जस्तो घर मर्मतमा उहाँको ठुलो योगदान रहेको सुनने मा आउछ ! जीबन भरि यसरी आफ्नै शिपमा जिबिकोपार्जन गरि ५ छोराहरु र ३ छोरीहरु यस्तै हालसम्म को २६ नातिनी, नाती, पनातीहरु हुर्काए बढाए, आफ्नो जीबनमा नदेख्ने नसुन्ने सारा कुराहरु देखोस छोरा-छोरी नातिनी, नाती, पनातीहरुको पालामा भनी जमना भिन्नै भएनि त्यो दुःखा संग झेल्दै मेलापात संग संगै पधेरो पनि, पारि बनमा दाउरा घास गर्न पनि संग संगै बर्खे झरी साउने भेल तर्दै मन भरिका तिता मिठा बात नलुकाएर लाखौ अनगिन्ती दुःखा कष्ठहरु लाई उछेल्दै कहिले गाउ-बेसी त कहिले लेक वनपाखामा गाई गोठ सम्हाल्दै साउने झरी पात नभनी बाढ़ि पहिरो संग जुध्दै उराठ लाग्दो एकांती कुहिरोको हुस्सु भित्र कलकल निष्चल खोला संगै वनपाखामा  सुसुली हाल्दै भिरपाखाको काडे झ्याडीहरु लाई छिचोल्दै  चिरबिरे चराचुरिंगीको कोकिल आवाज संगै मितेरी लगाई एक फेरी भोटो माथि कालिया भङ्ग्र भीरि गाइबस्तु संगै हिलोपत नभनी कहिले गाउबेसी कहिले लेक भिरपाखा धाउदै अनि त्योई साथ दिने  पूर्णिमाका जुनेली रातहरु अनि समय संगै बस्ती फेरी मनाई चुलंकी बनाउने गाउबेसी लेक भिरपाखाको जुगल खर्क फ़ाटहरु अनि सीकर्मी औजारहरु गुरुंग बस्ती मा प्रयोग गरिने डोको, नाम्लो,थुनसी, भाकरी, फ्यकु,ढाउसा,मन्द्रो,स्यकु,लगायत चुयाका बिभिन्न सामग्री बुन्ने सीप नै चिसो चूलोमा आगो बाल्ने छप्धुली बनाउदै आए !

पाटीपौवा, धनसर, कौसी, धुरी, पीड़ी, हरु मर्मत गर्दा गर्दै बिताए आफ्नो जीबनका रमाइला जोश हरु यस्तै गाउँका कति डर लाग्दा बाटोहरु को जहा बर्खामा बाढ़ि ले गर्दा बच्चा हरु बगएको गिन्ती नै छैन गाउँले हरु लाई यस्ता बाटो-घाटो निर्माण मा ताँङतिङ गाउँ को लाखौ बृद्दा हरु मध्धे उहाँ नि एक हुनुहुन्छ ! त्यो बाटो को बलियो जग ले गर्दा आज हामी सजिलो संग घाँस-दउरा अनि मेलापात गरि रहेका छन भुल्नु हुन्न हामीले त्यो घर को बलियो जग बसाएक़ा हाम्रा गाउका बुबा बाजे हरु लाई सायद हामी युवा पीढीलाई कमाई थाहा होला जहाँ कि आज हाम्रो संसार लुक्ने माया ममता को न्यनोपन दिने खुशी नभएको बेला यही डेरा मुनि हासखेल मा बाल्यकाल बिताउने रमाइला पल हरु यो मिठो हाम्रो गाउँ-घऱ कसरी निर्माण गरियो कस्ले गरियो भन्ने ??

उहाको बीरबल हातकेलाले गोथमा अंगलेर ((झा--रे--लो...... झा-- रे--लो …क्यों--माँ--सॉल--डाडालिे--छी-- थोसि-- खसिन-- मु)) जस्ता  मनमोहक ठटेउली  झ्याउरे सुनाएर निदरिमा बिताएका अमूल्य बाल्यकाल हामी नातिनी नाती पनतीहरुका साथ कोमल हृदयलाई मिठा लाग्छन बातहरु सुन्ने बानी परेछन्, हामी नाती नातिनी हरुलाई हजुरबुबा हजुरआमाले जहिले नि आहिले सम्मा भनिरहन्छ जमना बद्लियो भन्दैमा तिमी जमना संगै हिड्ने होइन, तिमी भित्रको उत्प्रेरणाको मीठा-मीठा रागहरु लाई सहानभूति देऊ तेहि तिम्रो जिउने अधार हुनेछ अनि साथमा परिवारको माया लगनशीलता धैर्यता बनी आगि बड्नु जीवनमा सफलता तिम्रो पछि दौदिनेछ !!!

ताँङतिङ गाउँक़ो सिरनमा मूल घर हुनुहन्छ हजुर बाजेलाई २६ नाती नातिनी र पनातीहरु मध्ये ८ मा मुहर झुल्काउने नाती हु म दिलीप गुरुंग उहाँको माइला छोराको कान्छा छोरा बनेर, बाडेर बाडिने भए,जिउन चाहने लाखौ आदूध हजुरबाजेको आयु सयौ जूग जुग सम्मा जीईदिनु भन्ने प्राथना गरि रहन्छु हामी सारा २६ नाती नातिनी र पनतिहरु साथै ताँङतिङ गाउँ बासीहरु …।  असल सिपालु कालिगढ भित्रको रंग  देख्ने अनगिन्ति सपनाहरु भित्र उनीहरुलाई हामीहरुलाई पनि जिउन सिकाइ आज ताँङतिङ गाउँको एक असल लोकल कालीगढ़ (सीकर्मी) गुरु  बाजे  सिपालु भनी चिनिन्छन् सारा ताँङतिङ गाउलेहरुको माझ मा  |

Posted by Unknown on 12:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वास्तविक कथा सिपालु कालिगढ खर्कासिङ् क्रोम्छे तमु ताङतिङ"

Leave a reply