|

मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कोदोको माग र परनिर्भरता बढ्दो छ

मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कोदोको माग र  परनिर्भरता बढ्
मङ्गलबार १ मंसिर, २०७२

पोखारा नेपालको उच्च र मध्यपहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै गएपछि आयातमा निर्भरता बढ्दै गएको छ । गत वर्ष झन्डै ४४ करोड रुपैयाँभन्दा बढीको कोदो आयात भएको सरकारी तथ्यांक छ ।


आर्थिक वर्ष २०७१/०७२ को आयात अघिल्लो वर्षको तुलनामा नौ करोड रुपैयाँभन्दा धेरैले बढी हो । आर्थिक वर्ष २०७०÷०७१ मा ३४ करोड रुपैयाँको कोदो विदेशबाट आयात भएको थियो ।

नेपालमा उत्पादनको प्रशस्त सम्भावना भए पनि कोदो आयात बढ्दै गएको छ । अघिल्ला वर्षमा भारतबाट मात्रै आयात भएको कोदो गत वर्षदेखि थाइल्यान्डबाट पनि ल्याउन थालिएको छ । आर्थिक वर्ष २०७१/०७२ मा भारत र थाइल्यान्डबाट गरी ४३ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । यी दुई देशबाट कोदोको बिउ र कोदो शीर्षकमा आयात गरिएको छ ।

केन्द्रको तथ्यांक अनुसार कोदो शीर्षकमा ४१ करोड ७८ लाख ६७ हजार रुपैयाँको आयात भएको छ । सोमध्ये थाइल्यान्डबाट ५ सय ७३ रुपैयाँको मात्र आयात भएको छ । अरु सबै भारतबाट आएको छ । कोदोको बिउ शीर्षकमा भारतबाट मात्रै २ करोड ८४ लाख रुपैयाँको आयात भएको छ ।

सरकारले परम्परागत बालीको व्यवसायीकरणमा ध्यान नदिँदा हरेक वर्ष स्वदेशी उत्पादन घट्दै गएको छ । आयात बर्सेनि बढ्दै गएको तथ्यांकले देखाउँछ । ६ वर्षको अवधिमा कोदो आयात ७ गुणाभन्दा बढी भएको छ । आर्थिक वर्ष २०६५÷०६६ मा ६ करोड ५३ लाख २२ हजार रुपैयाँको कोदो आयात भएकोमा आर्थिक वर्ष २०७१÷०७२ मा बढेर झन्डै ४४ करोड पुगेको छ ।

नेपालको परम्परागत र पहाडी क्षेत्रमा मज्जाले फल्ने बालीको उत्पादन क्रमशः घट्दै गएपछि कोदोसहित फापरको आयात बढ्दै गएको कृषिविज्ञ कृष्ण पौडेलले बताए । उनका अनुसार परम्परागत बालीनालीको प्रवद्र्धन गर्न राज्यले चासो नदिएको र उत्पादन लागत समेत बढेकाले किसान कोदो खेतीबाट टाढिएका हुन् ।

सरकारले निकै पौष्टिक मानिने कोदोको उत्पादन बढाउन कुनै किसिमका कार्यक्रम ल्याएको छैन । यसको खेती गर्ने किसानलाई सहुलियत पनि छैन ।

पछिल्लो समय खेतीपातीमा सलग्न किसानको लागत बढ्दै गएको छ । लागत बढी र उत्पादन कम हुँदा स्थानीय उत्पादन फस्टाउनुको साटो झन्झन् ओरालो लाग्दै गएको छ । स्वदेशमा लागत बढी पर्न जाँदा भारतबाट आयात हुने कोदोसँग स्वदेशी किसानले प्रतिस्पर्धा गर्न सक्दैनन् । पौडेलका अनुसार भारतमा कोदो उत्पादन गर्दा शतप्रतिशत अनुदान पाइन्छ ।

केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०६६÷०६७ मा ७ करोड ९७ लाख ४२ हजारको कोदो आयात भएकोमा अर्को वर्ष १२ करोड ५९ लाख १३ हजार पुगेको थियो । आर्थिक वर्ष २०६८÷०६९ मा १९ करोड २८ लाख ६१ हजार र आव २०६९÷०७० २६ करोड एक लाख नाघेको केन्द्रको तथ्यांकले देखाउँछ ।

'राज्यले स्थानीय स्तरमा फल्ने बालीलाई ध्यानै नदिएको होइन,' पौडेलले भने, 'स्थानीय उत्पादन के के हुन्, कस्तो ठाउँमा के उत्पादन भइरहेको छ, अब के गर्नु पर्छ भनेर सरकारले अध्ययन अनुसन्धान नगर्दा ती उत्पादन घट्दै गएको छ ।' राज्यले पहाडी बाली जोगाउने र त्यसलाई बढाउने योजना ल्याउनुपर्ने उनले बताए ।

स्वदेशमा करोडौं मूल्यको कोदो आयात भइरहँदा स्वदेशी उत्पादनको सानो हिस्सा निर्यात पनि भएको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष २३ लाख रुपैयाँको कोदो निर्यात भएको देखिन्छ । यो पनि खासगरी बिउ प्रयोगको लागि लगेको देखिन्छ ।

परम्परागत रुपमा प्रयोग हुँदै आएको परिकारमा समेत आयतित कोदो प्रयोग हुन थालेको छ  भने  पछिल्लो तत्यांकन अनुसार देश बिदेसमा सुगर  चिनी रोग लागेको बिमारीहरुका लागि अति उत्तम मानेको छ चामलमा भन्दा कोदोको रोटि  पिठोको माग ज्यादा हुदै छन्  दिनहुँ र  विभिन्न होटल रेस्टुरेन्ट, पहाडी क्षेत्रमा जाडोको बेलामा उच्च प्रयोग हुने  कोदोको रक्सि जाँड, तोङ्बामा समेत आयातित कोदो प्रयोग भएको पौडेल बताउँछन् ।

Posted by Unknown on 10:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कोदोको माग र परनिर्भरता बढ्दो छ "

Leave a reply