मनाङमा पनि सुरु भयो बाख्रा फार्म
मनाङमा पनि सुरु भयो बाख्रा फार्म
छविलाल बगाले-
मनाङ । मनाङको अपर पिसाङका याङडुङ गुरुङ ६५ नाघे । उनी होटल व्यवसायी पनि हुन् । अपर पिसाङमा उनको गेस्ट हाउस छ । लामो समयदेखि गाउँको समाजसेवामा तल्लीन उनी होटल व्यवसायसँगै चौंरी अनि बाख्रापालन पनि गर्छन् । पिसाङ–८ का याङडुङले ९ जनाको समूहमा मिलेर चौंरी पालेका छन् भने एकल लगानीमा बाख्रा पनि पालेका छन् । उनले २१ लाख ९७ हजार ९६ रुपैयाँको लगानीमा बाख्रा पाल्न थालेका हुन् ।
हिमाली जिल्लाका बासिन्दाको जीविकोपार्जनका लागि काम गर्दै आएको हिमाली परियोजनाले अनुदान दिएपछि याङडुङले ११५ वटा बाख्रा पालेका छन् । “हिमाली आयोजनाले अनुदान दिने थाहा पाएपछि कुरा गरेको अनुमति पनि पाएँ,” उनी भन्छन्, “आयोजनाले १०५ वटा बाख्रा दियो, त्यसमा मैले १० वटा थपेर बाख्राको संख्या ११५ पु¥याएको छु ।”
हिमाली आयोजनाले बाख्रा पाल्नका लागि ८० प्रतिशत अर्थात् १७ लाख २५ हजार ६७६ र कृषक याङडुङले २० प्रतिशत अर्थात् ४ लाख ३१ हजार ४१९ रुपैयाँ लगानी गरेका छन् । “आयोजनाले अनुदान दिने भएपछि मैले स्थानीय लालु गुरुङको साथ लिएर पिसाङ पिक बाख्रापालन उद्योग नामक फार्म दर्ता गरे,” दंग पर्दै उनले भने, “अहिले खोरभरि बाख्रा छन् । व्यवसाय पनि हुने, पर्यटन प्रवद्र्धन पनि । दुबै हातमा लड्डु !”
प्रतिबाख्रा साढे १२ हजारको दरले खरिद गरी ल्याएको उन्नत जातको बाख्रा २५ हजारसम्म बिक्री हुने गरेको याङडुङले बताए । उन्नत जातको बाख्रा वर्षमा एकपटकमात्रै ब्याउने उनको भनाइ छ ।
८ महिनादेखि बाख्रापालन गर्दै आएका उनको अहिले मनाङमा निकै प्रशंसा हुन थालेको छ । “अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अपर पिसाङ पर्यटकीय दृष्टिले पनि निकै प्रख्यात छ । यहाँ दैनिक सयौं देशी–विदेशी पर्यटक आउँछन्,” याङडुङका सहकर्मी लालु भन्छन्, “बाख्रापालनले हामीलाई आत्मनिर्भर त बनाएको छ नै पर्यटन प्रवद्र्धनमा पनि सहयोग पु¥याएको छ ।”
मनाङका धेरैजसो बासिन्दा पर्यटन व्यवसायमा आबद्ध छन् । उनीहरू कुनै न कुनै पर्यटन व्यवसायमा लागिपरेका छन् । तर, मनाङमा खेतीपाती र पशुपालन व्यवसायमा कमै मानिस लागिपरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । “हाम्रो समाजमा खेतीपाती र पशुपालनलाई हेयको दृष्टिले हेर्ने गरिए पनि मनाङका युवाको त्यतैतर्फ आकर्षण बढ्दो छ,” स्थानीय छिरिङ गुरुङ भन्छन्, “मनाङलाई पर्यटनमा मात्रै नभई कृषि र पशुपालनमा पनि विकास गर्न आवश्यक छ ।”
जिल्लामा हाल मासुको खपत पनि बढ्दै गएको छ । मासुको व्यापार राम्रो हुने देखेर नै याङयुङले बाख्रापालनको बाटो रोजेका हुन् । “खसीबोका तथा पाठापाठी बिक्रीबाट हुने आम्दानी त छँदै छ, त्यसबाट बाख्राको जुत्तो मलको रूपमा खेतबारीमा प्रयोग गर्दा कृषिबाली पनि फस्टाउँछ,” उनले भने । चरन क्षेत्रको अभाव नभएकाले पनि बाख्रा पाल्न सहज हुने उनले बताए ।
मनाङमा याङडुङ र लालुमात्रै होइनन्, हिमाली परियोजनाको अनुदानबाट थुप्रै कृषक लाभान्वित भएका छन् । मनाङमा बाख्रापालन, स्याउखेती, तरकारीखेती, चौंरीपालन, माछापालनलगायतमा परियोजनाले सहयोग गरेको छ ।
गाउँका अन्य युवालाई पशुपालन तथा कृषि व्यवसायमा लाग्ने प्रेरणा दिन वृद्ध अवस्थामा पनि पशुपालन रोजेको कृषक याङडुङ बताउँछन् । “हाम्रो समाजमा शिक्षित तथा अशिक्षित बेरोजगारहरू बढिरहेका छन्,” उनी भन्छन्, “र ‘मनाङमा केही पनि हुँदैन’ भन्नेहरूका लागि यो उदाहरण हो ।”
अहिले याङडुङले खरी, मुडुलो, लाम्कानालगायत जातका बाख्रा पालेका छन् । बाख्रा धेरै भएकाले नयाँ खोरको निर्माण पनि उनी जुटेका छन् । सानोतिनो आम्दानी गर्नका लागि गाउँघरमै प्रशस्त सम्भावना देख्ने याङडुङ अरूलाई पनि रोजगारीकै लागि विदेश नजान सल्लाह दिन्छन् । भन्छन्, “लाखांै खर्चेर रोजगारीका लागि विदेश जानुभन्दा गाउँघरमै व्यवसाय गरे आफैं मालिक पनि बनिन्छ, पैसा पनि कमिन्छ ।

Posted by Unknown
on 12:11 AM. Filed under
Tangting News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response